काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन समारोह विशेष आकर्षणका साथ सम्पन्न भएको छ। सोमबार (मंसिर १) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हेलिकोप्टरबाट भव्य पुष्पवृष्टि गरिँदै प्रतियोगिताको औपचारिक सुरु गरिएको हो।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि उद्घाटन समारोहमा सहभागी भइन्। उनले स्टेडियममै उपस्थित भएर खेल अवलोकन गरेकी थिइन्।

उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज आमनेसामने भएका छन्।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij