Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल उद्घाटन खेल : काठमाण्डूले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो

एनपीएल उद्घाटन खेल : काठमाण्डूले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको टसमा काठमाण्डूका कप्तान करण केसीले फिल्डिङ रोजेपछि जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यी दुई टिमबीच एनपीएल इतिहासमै यो दोस्रो मुकाबिला हो । पहिलो संस्करणको लिग चरणमा जनकपुरले काठमाण्डूलाई पाँच विकेटले पराजित गरेको थियो । जनकपुरले सो संस्करणको उपाधि पनि जितेको थियो — फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै। काठमाण्डू भने पहिलो संस्करण पाँचौँ स्थानमा रहेर बाहिरिएको थियो।

त्रिवि मैदानमा आज ४ बजेदेखि सुरु हुने उद्घाटन खेल ऐतिहासिक पनि छ, किनकि यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुने पहिलो आधिकारिक खेल हो । एनपीएलको दोस्रो संस्करणका सबै खेल कीर्तिपुरमै हुनेछन्। क्यानका अनुसार नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा खेलेिनेछन्। प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ र यस अवधिमा लिग चरण, प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन्।

दोस्रो संस्करणमा पनि आठ टिमकै प्रतिस्पर्धा रहनेछ — जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij