Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कीर्तिपुर मैदानमा फ्लडलाइट–स्कोरबोर्ड जडान आफ्नो पहलमै शुरू भएको प्रचण्डको दाबी

कीर्तिपुर मैदानमा फ्लडलाइट–स्कोरबोर्ड जडान आफ्नो पहलमै शुरू भएको प्रचण्डको दाबी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने योजना आफ्नै सरकारबाट सुरू भएको दाबी गरेका छन्। उनका अनुसार कानुनी, प्राविधिक र प्रशासनिक कारणले काम समयमा पूरा हुन नसके पनि सरकार र सम्बन्धित निकायको निरन्तर प्रयासले अहिले फ्लडलाइटसहित खेल हेर्ने सुविधा प्राप्त भएको छ।

प्रचण्डले २०७९ चैत २ गते यूएईविरुद्धको खेलपछि मैदानको दुरावस्था देखेरै सुधारको निर्देशन दिएको उल्लेख गर्दै एनपीएलको दोस्रो संस्करण फ्लडलाइटयुक्त मैदानमा सुरु भएकोमा खुशी व्यक्त गरे। उनले नेपाल क्रिकेटको उचाइ बढाउन सबैको सकारात्मक भूमिकाको प्रशंसा गर्दै अन्य राष्ट्रिय रंगशालाको निर्माण पनि छिटो अघि बढाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij