ढाका : बंगलादेशको अदालतले गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सोमबार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले हसिनासहित तीन जना विपक्षीलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।
तीन सदस्यीय इजलास—न्यायाधीश गुलाम मुर्तजा, मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी—ले तत्कालीन प्रधानमन्त्री हसिना, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कसुरदार ठहर गरेका छन्। अदालतले हसिनाले आन्दोलन दबाउन सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न र प्रदर्शनकारीहरूको भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएको ठहर गरेको छ।
अदालतको फैसला ५४ जनाको बयानको आधारमा आएको हो। हसिना हाल भारतमा रहँदै अदालतको सुनुवाइमा उपस्थित भइनन्।