Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विज्ञापन बोर्डले भन्यो– एनपीएलमा क्यान र तीन विज्ञापन एजेन्सीले अवैधानिक काम गरे, रोक्नू!

विज्ञापन बोर्डले भन्यो– एनपीएलमा क्यान र तीन विज्ञापन एजेन्सीले अवैधानिक काम गरे, रोक्नू!

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेल हुने सोमबार सरकारको विज्ञापन बोर्डले क्रिकेट संघ (क्यान) र तीन विज्ञापन एजेन्सीले अवैधानिक काम गरेको जनाएको छ।

विज्ञापन बोर्डले भनेको छ,‘नेपाल सरकार विज्ञापन बोर्डले क्यान र काठमाडौंका तीन विज्ञापन एजेन्सीहरूले एनपीएल प्रतियोगिताको क्रममा प्रतिबन्धित अनलाइन जुवा बेटिंग प्लेटफर्महरूको लागि विज्ञापनहरू प्रयोग गरेको वा सहजीकरण गरेको पाइयो। यी कार्यहरूले विज्ञापन नियमन ऐनको उल्लङ्घन गर्दछ।’

बोर्डले अगाडि थपेको छ,‘क्यान र एजेन्सीहरूलाई त्यस्ता गतिविधिहरू रोक्न, कानुनी आवश्यकताहरू पालना गर्न र स्पष्टीकरण पेश गर्न आदेश दिइएको छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij