पोखरा : गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष तथा नेपाल प्याराग्लाइडिङ संघका संस्थापक सदस्य बसन्तराज दवाडीको निधन भएको छ।
आइतबार राति अचानक हृदयघात भएपछि पोखरास्थित आफ्नै निवासमा दवाडीको मृत्यु भएको उनका साथी राम गुरुङले जानकारी दिए। खेलकुद पर्यटनको प्रवर्द्धनमा सक्रिय दवाडीले विशेषगरी पोखरा क्षेत्रका साहसिक उडान गतिविधिलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए।
उनको निधनले देशको साहसिक खेल क्षेत्रले एक समर्पित नेतृत्व गुमाएको भन्दै खेलकुद तथा पर्यटनसम्बद्ध व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij