Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सर्लाहीमा दुर्घटनाका घाइते हेलिकप्टरमार्फत काठमाडौं

सर्लाहीमा दुर्घटनाका घाइते हेलिकप्टरमार्फत काठमाडौं

सर्लाही : आइतबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२, धर्मपुर टोलमा ना ४१ प ३३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय उमर मिकरानी घाइते भएका छन्। मिकरानी आफ्नै दाई २५ वर्षीय होजइफा मिकरानीको पछाडि बस्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेका थिए।

यस्तै चन्द्रनगर गाउँपालिका–२, बिर्ता बजारमा प्रदेश २–०२–००१ त २२४१ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०१३ प १९९७ नम्बरको मोटरसाइकल ठोक्किँदा २८ वर्षीय अक्षयकुमार सिंह कुशवाहा घाइते भएका छन्। कुशवाहाको बायाँ तीघ्रामा चोट लागेको छ।

ब्रह्मपुरी दुर्घटनाका घाइते मिकरानीलाई अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। चन्द्रनगरका घाइते कुशवाहालाई गोदावरी हेल्थ केयर बयलवासमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार चन्द्रनगरको दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिइएको छ, तर चालक फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij