काठमाडौँ : भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार अमेरिकालाई १० विकेटले हराउँदै नेपालले चार खेलबाट ६ अंक जोड्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
१८ रनको लक्ष्य नेपालले चार बलमै पूरा गर्यो। दिलसरा धमलाले अविजित १२ रन बनाए र तीन विकेट पनि लिएर ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।
टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९.४ ओभरमा १७ रनमै समेटियो, जुन दृष्टिविहीन क्रिकेट इतिहासकै सबैभन्दा कम योगफलमध्ये एक मानिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij