डडेल्धुरा : भित्रिमधेश क्षेत्र, चुरेको आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार राति करिब १० बजे भे १ त ७८५४ नम्बरको ट्याक्टर सडकबाट करिब पाँच मिटर तल खसेको थियो। दुर्घटनामा परेका २७ वर्षीय भरत रावतको उपचारका क्रममा जोगबुढा अस्पतालमा मृत घोषणा गरिएको छ।
ट्याक्टरमा चालकसहित पाँच जना सवार थिए। २४ वर्षीय सन्तोष रोकालाई धनगढी रिफर गरिएको छ भने पवन बि.क. र २५ वर्षीय तिलक चोखाल जोगबुढा अस्पतालमा उपचाररत छन्।
प्रहरीले २७ वर्षीय चालक योगेन्द्र घर्तीलाई नियन्त्रणमा लिइसकेको छ र आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij