Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकी उपराष्ट्रपतिले विदेशी कामदारलाई भने- सस्ता मजदुर

अमेरिकी उपराष्ट्रपतिले विदेशी कामदारलाई भने- सस्ता मजदुर

वासिङ्टन डीसी : अमेरिकामा ए-१ बी भिसामाथिको विवाद अब राजनीतिक बहसको विषय बनेको छ । ट्रम्पले यो भिसामा कडाइ गरिरहेका छन् । सोही क्रममा उपराष्ट्रपति जेडी भान्सले विदेशी कामदारहरूलाई सस्ता मजदुर भन्दै अमेरिकालाई उनीहरूको आवश्यकता नभएको बताएका छन् । भान्सले विपक्षी डेमोक्रेटिक पार्टीलाई कम ज्यालामा विदेशीहरूलाई ल्याउन आफ्नो मोडेल प्रयोग गरेको आरोप पनि लगाए ।

डेमोक्रेटको यस कदमका कारण अमेरिकामा रोजगारी र ज्यालामा प्रत्यक्ष असर परिरहेको उनको भनाइ थियो । भिसा नीतिहरूमा ट्रम्प प्रशासनको कठोर अडानले विदेशबाट त्यहाँ पढ्न गएका विद्यार्थीहरू समेत प्रभावित भइरहेका छन् ।

हालै ट्रम्पले विदेशी विद्यार्थी घटे आधा कलेज बन्द हुने बताएका थिए । ६ महिनाअघि अमेरिकी सरकारले विदेशमा नयाँ विद्यार्थी भिसा अन्तर्वार्ताहरू स्थगित गरेपछि ट्रम्पको यो भनाइ आएको हो । अहिले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नीतिमा व्यापक हेरफेर गरिरहेको छ, जसले गर्दा सुरक्षा मापदण्डहरू उल्लेखनीय रूपमा कडा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट