Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाल–भारत सीमा सुरक्षाबारे नवौँ समन्वय बैठक सम्पन्न

नेपाल–भारत सीमा सुरक्षाबारे नवौँ समन्वय बैठक सम्पन्न

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भारतको नयाँ दिल्लीमा सम्पन्न नवौँ द्विपक्षीय समन्वय बैठक सकिएको छ। बैठकपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कात्तिक २९ मा स्वदेश फर्किए, जहाँ त्रिभुवन विमानस्थलमा वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए।

कात्तिक 26–28 सम्म चलेको बैठकमा दुवै मुलुकका सीमाप्रहरी प्रमुखहरूले सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, अवैध आवतजावत, चोरी–निकासी रोकथाम, सूचना तथा तालिम आदानप्रदान, संयुक्त गस्ती र सीमा सुरक्षामा सहकार्यका विषयमा विस्तृत छलफल गरेका थिए।

साथै, अघिल्लो (आठौँ) बैठकबाट पारित एजेन्डाको समीक्षा तथा आगामी रणनीतिमा पनि सहमति बनेको सशस्त्र प्रहरीले जनाएको छ। बैठकमा नेपालतर्फका सुरक्षा तथा सरकारी अधिकारीहरूको टोलीले सहभागिता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट