Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्झौता: शुल्क घटाएर १५ प्रतिशत

अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्झौता: शुल्क घटाएर १५ प्रतिशत

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत गर्ने सहमति जनाएको छ। ह्वाइट हाउसका अनुसार अमेरिकी–स्विस–लिकटेन्स्टाइनबीच प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत स्विस र लिकटेन्स्टाइनका कम्पनीहरूले अमेरिकी बजारमा करिब २०० अर्ब डलर लगानी गर्नेछन्, जसमा फार्मास्युटिकल, मेसिनरी, मेडिकल डिभाइस, ऊर्जा र सुन उत्पादनजस्ता क्षेत्र समेटिएका छन्। यसले सबै ५० अमेरिकी राज्यमा हजारौँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।

१५ प्रतिशत शुल्क लागू भएपछि स्विस आयातलाई युरोपेली यूनियन जस्तो समान व्यवहार प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट