Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

२५ वर्षीया लोकगायिका मैथिली ठाकुरको पहिलो चुनावमै जीत

२५ वर्षीया लोकगायिका मैथिली ठाकुरको पहिलो चुनावमै जीत

BJP उम्मेदवार तथा चर्चित लोकगायिका मैथिली ठाकुर अलीनगर निर्वाचन क्षेत्रमा विजयी भएकी छन्। करिब २५ वर्षीया ठाकुरले RJD नेता विनोद मिश्रालाई ११,७३० मतले पराजित गर्दै पहिलो नै चुनावमा बिहारकी सबैभन्दा युवा विधायक बनेकी हुन्।

दिल्ली विश्वविद्यालयकी स्नातक ठाकुर मिथिला तथा हिन्दुस्तानी शास्त्रीय संगीतकी लोकप्रिय गायिका हुन्। विजयी भएर उनले अलीनगरको विकास, शिक्षा सुधार, मिथिला संस्कृति प्रवर्द्धन तथा विद्यालयमा सांस्कृतिक गतिविधि र मिथिला चित्रकला समावेश गर्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट