Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते

जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते

काठमाडौँ : शुक्रवार राति जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरू रहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना लिने क्रममा विस्फोट भएको थियो। कति मात्रामा विस्फोटक पदार्थ विस्फोट भएको हो भन्ने प्रस्ट भइसकेको छैन । हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोटको मुद्दामा पहिले नै पक्राउ परिसकेका डा मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक पदार्थ उक्त चौकीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट