Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

किएभमा शक्तिशाली आक्रमण, १ जनाको मृत्यु, १५ घाइते

किएभमा शक्तिशाली आक्रमण, १ जनाको मृत्यु, १५ घाइते

किएभ : युक्रेन – शुक्रबार बिहान युक्रेनी राजधानी किएभमा रूसी मिसाइल तथा ड्रोन आक्रमण भएको छ। प्रारम्भिक रिपोर्टअनुसार १ जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन्। मेयर भिटाली क्लिट्स्कोले आक्रमणलाई ‘ठूलो शत्रु आक्रमण’ भन्दै हवाई रक्षा प्रणाली सक्रिय रहेको जानकारी दिनुभयो।

किएभका ८ जिल्लामा भवनमा क्षति र आगलागी भएको छ। घाइतेमध्ये एक गर्भवतीको अवस्था गम्भीर छ। तातोपानी, विद्युत् र पानी आपूर्तिमा अवरोधको चेतावनी दिइएको छ।

यो आक्रमण पश्चिमी सहयोगी राष्ट्रले रूसमाथि दबाब बढाइरहेका बेलामा भएको हो। क्यानडा, जी–७ र यूरोपेली आयोगले युक्रेनलाई आर्थिक तथा सैनिक सहायता प्रदान गर्ने संकेत गरेका छन्। त्यस्तै, रूस पूर्वी युक्रेनमा आफ्नो नियन्त्रण बढाउने प्रयास जारी राखिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij