Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौँ बाहिर पहिलोपटक सिएमसीमा रोबोटिक सर्जरी सेवा

काठमाडौँ बाहिर पहिलोपटक सिएमसीमा रोबोटिक सर्जरी सेवा

भरतपुर : काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक चितवन मेडिकल कलेज (सिएमसी)ले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ। डेढ महिनाअघि शुरू गरिएको सेवामा हालसम्म १४ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको सिएमसीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

यो प्रविधिमा चिकित्सकले प्रत्यक्ष हात प्रयोग नगरी कम्प्युटरमार्फत नियन्त्रित रोबोटिक हातहरूको सहायताले अपरेशन गरिन्छ। सेवा डा. प्रतीकमान सिंह गुरुङ, डा. विशाल आचार्य र डा. रोहित कुमार मिश्रको नेतृत्वमा सञ्चालन गरिएको छ।

सिइओ प्रताप देवकोटाका अनुसार सर्जरीको प्रकृतिअनुसार शुल्क ५० हजारदेखि दुई लाख रुपैयाँसम्म हुनेछ। रोबोटिक सर्जरीका प्रमुख फाइदाहरूमा सानो प्वालमार्फत शल्यक्रिया, कम रक्तस्राव, न्यून पीडा, संक्रमणको कम जोखिम र छिटो स्वास्थ्य लाभ प्रमुख रहेका छन्।

सेवा विस्तारको अवसरमा शनिबार रोबोटिक सर्जरी कन्फ्रेन्स आयोजना गरिने र कार्यक्रममा नेपाल–भारतका २०० भन्दा बढी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुने जानकारी दिइएको छ। कन्फ्रेन्समा ‘लाइभ रोबोटिक सर्जरी’ समेत प्रदर्शन गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij