Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विश्वभर लोकप्रिय दुखाइ निवारक पारासिटामोल, गर्भवतीका लागि सुरक्षित

विश्वभर लोकप्रिय दुखाइ निवारक पारासिटामोल, गर्भवतीका लागि सुरक्षित

काठमाडौँ : गएको सेप्टेम्बरको अन्तिम हप्तामा दुखाइ निवारक पारासिटामोलबारे विश्वभर व्यापक बहस सुरु भयो । ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनको क्रममा सेप्टेम्बर २३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भावस्थामा पारासिटामोल नखान महिलाहरूलाई सल्लाह दिएपछि यसको प्रयोगबारे प्रश्नहरू उठे ।

हालै आएको नयाँ रिपोर्टले भने गर्भावस्थामा पारासिटामोल लिने र बच्चाहरूमा अटिजम वा एडीएचडी हुने जोखिमबिच कुनै ठोस सम्बन्ध फेला नपारेको देखाएको छ । व्यापक अध्ययनहरूको आधारमा डाक्टरहरूको टोलीले यो औषधिलाई आफूले खतरनाक नदेखेको भनेका छन् ।

पारासिटामोल विश्वमा सबैभन्दा बढी प्रयोग हुने दुखाइ कम गर्ने औषधि हो । अमेरिकामा मात्रै झन्डै आधाजसो गर्भवतीले यसको सेवन गरिरहेका छन् । हालैका वर्षमा बच्चाहरूमा अटिजमका घटनाहरू द्रुत रूपमा बढेका छन् । वैज्ञानिकहरूले यस पछाडिका कारणहरू बुझ्ने प्रयास गर्दा केही रिपोर्टले गर्भावस्थामा पारासिटामोलको प्रयोग यसको एउटा कारक हुन सक्ने बताएको थियो । यसै सन्दर्भमा ट्रम्पले पनि पारासिटामोल प्रयोग नगर्न चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij