Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादवको उपस्थिति

कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादवको उपस्थिति

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत  समारोहमा सहभागी भएका छन् ।

यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए

उनले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले  साझेदारको भूमिका निर्वाह गरेको बताए ।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा यहाँ  रहेका कोरियाली नागरिकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट