Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अस्ट्रेलियामा भएको सवारी दुर्घटनामा चितवनका एकै परिवारका तीन जनाको मृत्यु

अस्ट्रेलियामा भएको सवारी दुर्घटनामा चितवनका एकै परिवारका तीन जनाको मृत्यु

चितवन : अस्ट्रेलियाको भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको सवारी दुर्घटनामा चितवनका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा ४१ वर्षीय पुरुष (बाबु), उनकी ३१ वर्षीया पत्नी (आमा) र तीन वर्षीया छोरा मारिएका हुन्। ती तिनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूसँगै सवारीमा रहेकी मृतक महिलाकी आमा गम्भीर घाइते भएकी छन्। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको र उपचार भइरहेको जनाइएको छ।

स्थानीय प्रहरीका अनुसार सबवेबाट मुख्य सडकमा निस्कने क्रममा उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै “एकै परिवारका तीन नेपालीको निधन अत्यन्त पीडादायक घटना हो” भनेका छन्।

त्यस्तै, एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले पीडित परिवारसँग सम्पर्क भइरहेको र आवश्यक सहयोगका लागि आफूहरू तयारी अवस्थामा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट