Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन विशेषज्ञको सल्लाह

जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन विशेषज्ञको सल्लाह

काठमाडौँ : जाडो मौसम सुरु भएसँगै मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र विभिन्न रोगको जोखिम बढ्ने गर्छ । यस्तो अवस्थामा चिसो, खोकी, र ज्वरोजस्ता रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु अत्यावश्यक हुन्छ ।

खाना र पेय पदार्थमा पाइने पोषक तत्वहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछन् । स्वास्थ्य विज्ञका अनुसार दैनिक आहारमा केही प्राकृतिक खानेकुरा समावेश गरे शरीरलाई रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।

बेसारलाई रोग प्रतिरोधात्मक क्षमताका लागि अत्यन्त लाभदायक मानिन्छ । बेसारमा पाइने कर्क्युमिन नामक तत्वले शरीरमा हुने सूजन घटाउँछ र इन्फ्लेमेटरी रोगहरू—जस्तै ओस्टियोआर्थराइटिस र रुमेटोइड आर्थराइटिस—मा राहत दिलाउँछ । जाडोमा दूधमा बेसार मिसाएर सेवन गर्नाले शरीरलाई तताउने र रोगसँग लड्ने क्षमता बढाउने विज्ञहरूको सुझाव छ ।

त्यस्तै, अदुवा पनि जाडोमा स्वास्थ्यका लागि वरदान मानिन्छ । यसले खोकी, घाँटी दुखाइ, र वाकवाकीमा राहत दिन्छ । अदुवामा पाइने क्याप्साइसिन तत्त्वले पुरानो दुखाइ कम गर्न र रगत प्रवाहलाई सन्तुलित राख्न सहयोग पुर्‍याउँछ ।

बदाम जाडोमा ‘सुपरफुड’ का रूपमा चिनिन्छ । यसमा पाइने भिटामिन ई, म्याग्नेसियम, र एन्टिअक्सिडेन्टले शरीरलाई तन्दुरुस्त राख्छ र रोगसँग लड्ने शक्ति बढाउँछ । साथै, मह र सख्खर (गुड) को सेवन पनि शरीर तताउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ ।

लसुन पनि जाडोमा अत्यावश्यक मानिन्छ । लामो समयदेखि औषधीय रूपमा प्रयोग हुँदै आएको लसुनले खानाको स्वाद मात्र होइन, शरीरको प्रतिरक्षा प्रणाली पनि मजबुत बनाउँछ । यसले रुघा-खोकी र अन्य संक्रमणबाट बच्न सहयोग पुर्‍याउँछ ।

यस्तै, सिट्रस फलफूल (जस्तै सुन्तला, कागती, अङ्गुर) जाडोमा खानु अत्यन्त फाइदाजनक हुन्छ । यी फलफूलमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टहरूले शरीरलाई स्वस्थ राख्छ र रोगसँग लड्ने शक्ति बढाउँछ ।

महाशाखाका विज्ञहरूका अनुसार जाडो मौसममा प्रशस्त फलफूल, हरियो सागसब्जी र तातो पेय पदार्थको सेवनले शरीरलाई सशक्त र ऊर्जाशील राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij