Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कर्णाली याक्सले हरेक खेल जित्दा कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने

कर्णाली याक्सले हरेक खेल जित्दा कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टिम कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ। 

ट्रफी टुरको क्रममा कर्णाली पुगेको टिमका कन्सल्यान्ठ प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलबापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा गरेका हुन्। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न सहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न भएको छ।
कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो। दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो।
बिहीबार प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्‍याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो।  २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij