Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘जेरी अन टप’ले तोड्यो रेकर्ड, वर्ष २०८२ को सर्वाधिक कलेक्सन गर्ने चलचित्र बन्यो

‘जेरी अन टप’ले तोड्यो रेकर्ड, वर्ष २०८२ को सर्वाधिक कलेक्सन गर्ने चलचित्र बन्यो

काठमाडौँ : असोज ३१ गते प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले वर्ष २०८२ को नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ। बुधबारसम्म चलचित्रले ११ करोड ४३ लाख रुपैयाँ कमाइसकेको छ।

यसअघि वैशाख अन्तिम साता रिलिज भएको ‘उनको स्वेटर’ ले ११ करोड ३४ लाख रुपैयाँ कमाउँदै पहिलो स्थान ओगटेको थियो। तर ‘जेरी अन टप’ ले प्रदर्शनको २०औँ दिनमै त्यो रेकर्ड तोड्दै वर्षकै नम्बर–१ चलचित्रको सूचीमा प्रवेश गरेको हो।

सुयोग गुरुङ निर्देशित फिल्मले सामाजिक, पारिवारिक र प्रेमिल कथासँगै सगरमाथा आरोहणको साहसिक कथा प्रस्तुत गरेको छ। अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीको अभिनय रहेको चलचित्र अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो।

निर्माता न्यौपानेका अनुसार, फिल्मले अस्ट्रेलिया, अमेरिका, जापान, युरोप लगायतका देशमा पनि प्रदर्शन भई ग्लोबल बक्सअफिसमा १७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट