Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति

नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति

चितवन : नेपालका युवा प्रतिभा समीप न्यौपानेले टर्कीमा सम्पन्न गोल्डे न किड्स इन्टरनेशनल कार्यक्रममा सहभागी भई नेपाली सङ्गीतको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रस्तुति दिएका छन्।

नेशनल डाइरेक्टर प्रमीला सिलवालको प्रतिनिधित्वमा सहभागी न्यौपानेले नेपालीपन झल्किने गिटार धुनमार्फत सबैको मन जिते।

निर्णायक र दर्शकले उहाँको समर्पण, आत्मविश्वास र मौलिकताको प्रशंसा गर्दै उहाालाई “भविष्यको अन्तर्राष्ट्रिय कलाकार” भनेका थिए।

सानैदेखि संगीत प्रेमी समीप निरन्तर अभ्यास र लगनका कारण दक्ष गिटार वादकका रूपमा पहिचान बनाउँदै आएका छन्। उहाँको यो उपलब्धिले नेपाली बाल प्रतिभा प्रोत्साहनमा नयाँ ऊर्जा भरेको छ।

समीपले भन्नु भयो, “टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्नु गर्वको विषय हो। भविष्यमा नेपाली सङ्गीतलाई अझ ठुलो मञ्चमा पुर्‍याउने लक्ष्य राखेको छु।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट