Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आज राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुहुँदै

आज राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुहुँदै

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको छ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेलले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार आयोजना हुन लागेको यो सम्मेलन सदस्य राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट