Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट

अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट

बोष्टन : अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट भएको छ । शनिबार बिहान भएको विस्फोटमा कोही पनि हताहत नभएको जनाइएको छ । सो घटनाले प्रशासन र सुरक्षा बललाई भने सतर्क बनाएको सञ्चारमाध्यामहरुले जनाएको छ ।

विस्फोट जानाजानी गराइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बोस्टन प्रहरीका अनुसार घटना बिहान सबेरै गोल्डेन सन भवनमा भएको थियो । अचानक आगो लागेपछि अलार्म बजेको र अलर्ट सुनेर विश्वविद्यालयका एक प्रहरी अधिकारी घटनास्थलमा पुग्दा दुई संदिग्ध व्यक्ति भवनबाट भागिरहेका थिए । अधिकारीले उनीहरूलाई रोक्न खोजे । तर सकेनन् ।

प्रारम्भिक अनुसन्धान पछि, बोस्टन अग्नि नियन्त्रक विभागले विस्फोट जानाजानी गराइएको पुष्टि गरेको छ । अधिकारीहरूले सम्पूर्ण भवनमा खोजी गर्दा थप विस्फोटक उपकरण भने फेला नपारेको बताइएको छ । घटनापछि प्रहरीले दुई संदिग्धहरूको धमिलो तस्बिरहरू जारी गरेको छ । फोटोमा दुवैले अनुहार छोपेका थिए र हुडी लगाएका थिए । अहिलेसम्म दुवैको पहिचान हुन सकेको छैन ।

अनुसन्धान एजेन्सीहरूले संदिग्धहरूको गतिविधि पत्ता लगाउन क्षेत्रमा सीसीटीभी फुटेज र अन्य क्यामेराहरू जाँच गरिरहेका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले नलिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट