डोडोमा : तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनले एक पटक फेरि राष्ट्रपति पदको चुनाव जितेकी छिन्। देशमा विगत केही दिनदेखि फैलिएको अशान्तिबिच सामियाले यो जित हासिल गरेकी हुन्।
तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मतका साथ चुनाव जितेकी छिन्। चुनाव आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका ३.७६ करोड दर्ता भएका मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३.२ करोड मतदाताले मतदान गरे। यीमध्ये ९७.६६ प्रतिशत अर्थात् लगभग ३.१९ करोड मत सामियालाई प्राप्त भयो।
नतिजा सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावमा पारदर्शिता र देशमा फैलिएको हिंसालाई लिएर चिन्ता व्यक्त गरेका छन्। पछिल्ला दिनहरूमा चुनावमा पारदर्शिताको माग गर्दै देशका धेरै भागमा हिंसा भएको थियो। यस हिंसामा कथित रूपमा सयौँ मानिस मारिएको र सयौँ घाइते भएका छन्।पूरै देशमा इन्टरनेट सेवा बन्द भएका कारण मारिएका मानिसहरूको वास्तविक सङ्ख्या पुष्टि गर्न पनि गाह्रो भएको छ।विपक्षीहरूले सरकारले हिंसाको मात्रालाई कम देखाउने प्रयास गरिरहेको बताएका छन्। यस अवस्थालाई नियन्त्रणमा लिन त्यहाँको प्रशासनले कर्फ्यु लगाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij