Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘भिजिट भिसा’मा विदेश जान अब सजिलो — ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्था आजदेखि लागू

‘भिजिट भिसा’मा विदेश जान अब सजिलो — ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्था आजदेखि लागू

काठमाडौँ  : भिजिट भिसाका नाममा हुने अनियमित क्रियाकलाप नियन्त्रण र अध्यागमन प्रशासनमा सुशासन प्रवर्द्धन गर्न सरकारले हाल लागू ६ बुँदे मापदण्ड खारेज गरेको छ ।

अध्यागमन विभागले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ सहज व्यवस्था तत्काल लागू गरिएको जनाएको छ । नयाँ निर्णयअनुसार अब भिजिट भिसामा प्रस्थान गर्न इच्छुक व्यक्तिले राहदानी, प्रवेशाज्ञा, हवाई टिकट र स्वयं घोषणा फारम पेस गरे मात्र प्रस्थान अनुमति पाउनेछन् ।

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भिजिट भिसामा यात्रा गर्ने व्यक्तिले कम्तीमा ६ महिना वैध राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अन अराइभल’ प्रवेशाज्ञा प्राप्त हुने मुलुक भए त्यस्तो अनुमति, गन्तव्यसम्मको टिकट र भ्रमण प्रयोजनका आवश्यक कागजात पेस गरे पुग्नेछ।”

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई सो सूचना नागरिकसम्म पु-याउन आग्रह गरेको छ । साथै, बिचौलियाको प्रभावमा नपरी यात्राबारे पूर्ण जानकारी लिएर निर्धक्क यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

सम्बन्धित अध्ययन समितिले यसअघि संविधानले प्रत्याभूति गरेको आवागमन स्वतन्त्रताको सम्मान गर्दै अध्यागमन प्रशासनलाई सुशासन र पारदर्शितामार्फत सुदृढ बनाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट