Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

निजामती अस्पतालका नर्सहरू धर्नामा, सेवा सुविधा वृद्धि र उचित पारिश्रमिकको माग

निजामती अस्पतालका नर्सहरू धर्नामा, सेवा सुविधा वृद्धि र उचित पारिश्रमिकको माग

काठमाडौँ : निजामती कर्मचारी अस्पतालका नर्सहरू सेवा सुविधा वृद्धि र पारिश्रमिक सुधारको मागसहित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आज मीनभवनस्थित अस्पतालको मूल गेट अगाडि दुई घण्टा धर्ना दिएका हुन्।

नेपाल नर्सिङ संघले अघि सारेको १५ बुँदे मागमा ऐक्यवद्धता जनाउँदै नर्सहरूले बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिएका हुन्। योग्यता र अनुभवका आधारमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, जोखिम भत्ता र अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।

एक नर्सले भनिन्, “चौबिसै घण्टा सेवा दिने हामीहरू आवश्यक सेवा सुविधा पाउनबाट वञ्चित छौं। नेपाल नर्सिङ संघले उठाएको माग सबै नर्सहरूको साझा आवाज हो, त्यसैले हामी पनि धर्नामार्फत समर्थन जनाएका हौं।”

धर्नामा सहभागीहरूले ‘श्रमको उचित मूल्यांकन गर’, ‘योग्यता र अनुभवअनुसार पारिश्रमिक कायम गर’, ‘जोखिम भत्ता र अतिरिक्त भत्ता तुरुन्त व्यवस्था गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

नेपाल नर्सिङ संघले देशभरका नर्सहरूलाई न्यूनतम सेवा सुविधा सुनिश्चित गर्न माग गर्दै क्रमिक आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij