Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा रगतको अभाव, आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन

चितवनमा रगतको अभाव, आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन

चितवन : चाडपर्वका कारण नियमित रक्त सङ्कलनमा कमी आएपछि चितवनमा रगतको अभाव उत्पन्न भएको छ। बिरामीका आफन्तले खोजेका रक्तदातामार्फत मात्र रगत उपलब्ध हुने अवस्था सिर्जना भएको छ।

चितवनमा दैनिक १००–१५० युनिट रगतको माग हुने गरेको छ, जुन काठमाडौँ पछि दोस्रो उच्च माग हुने जिल्ला हो। रगत अभावलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका–२ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो। कार्यक्रममा वडा नं. २ र १० का वडाध्यक्ष मनोज रानाभाट र परमेश्वर खनालसहित १०५ जनाले रक्तदान गरे।

नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढका अध्यक्ष कृपा राजभण्डारीले भने, “रक्तको अभाव बढेको अवस्थामा केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको हो। अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्व र आम नागरिकलाई सहभागी गराइएको थियो।”

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले पनि सबैमा रगतदानको आव्हान गर्दै आगामी दिनमा लायन्स क्लब लगायत अन्य संस्थाले पनि रक्तदान कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, विद्यालय–कलेज बिदा, खेतीपाती र अन्य सामाजिक गतिविधिका कारण नियमित रक्तदानमा कमी आएको हो। चितवनका क्यान्सर अस्पताल, दुर्घटना, प्रसूति र शल्यक्रियाका लागि रगतको ठूलो माग रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट