Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शक्तिशाली आँधी मेलिसाका कारण दर्जनौँको मृत्यु

शक्तिशाली आँधी मेलिसाका कारण दर्जनौँको मृत्यु

काठमाडौँ :  जमैकाको इतिहासको सबैभन्दा शक्तिशाली आँधी मेलिसाले त्यहाँ वितण्डा मच्चाएको छ। शक्तिशाली आँधी र भारी वर्षाले घर र पूर्वाधारहरू ध्वस्त पारेको छ । बाढीका कारण क्यारेबियन टापु क्षेत्रभर दर्जनौँ मानिसहरूको मृत्यु भएको बताइएको छ ।

बुधबार जमैकामा यसको प्रभाव विशेष गरी गम्भीर थियो, बुधबार मेलिसाले ५ श्रेणीको आँधी बन्यो । जमैकामा अहिलेसम्म कम्तीमा ५ जनाको मृत्यु पुष्टि भइसकेको । हैटीमा कम्तीमा अरु २० जनाको ज्यान गएको बताइएको छ ।जमैकामा धरै मानिसहरू अझै पनि छतमा फसेका छन्, र बिजुली आपूर्ति बन्द छ। प्रधानमन्त्री एन्ड्रयू होलनेसले देशभरि पूर्ण विनाशको अवस्था भएको भनेका छन् । आँधीले देशको धेरैजसो भाग अन्धकारमा डुबेको छ । फोन सेवाहरू अवरुद्ध भएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट