Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गाजामा इजरायलकाे आक्रमणबाट ४६ जना बालबालिकासहित १ सय ४ जनाको ज्यान गयो

गाजामा इजरायलकाे आक्रमणबाट ४६ जना बालबालिकासहित १ सय ४ जनाको ज्यान गयो

एजेन्सी : गाजामा इजरायलले गएराति गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय चार जना पुगेको छ । बीबीसीका अनुसार ४६ जना बालबालिका र २० जना महिलासहित एक सय चार जनाको ज्यान गएको हो ।

अमेरिकाको नेतृत्वमा युद्धविराम भइरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले युद्धविरामप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताउँदै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले पछिल्लो घटनालाई नजिकबाट हेरेको भन्दै यसैका कारण गाजाको युद्धविराम भङ्ग नहुने बताएको छ । एशिया भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले पछिल्लो घटनाबाट इजरायललाई दिबाव दिनु आवश्यक देखिएको र त्यो आफूले गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट