Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

१० खर्ब डलर तलब पाएनन् भने मस्कले छाड्लान् टेस्ला ?

१० खर्ब डलर तलब पाएनन् भने मस्कले छाड्लान् टेस्ला ?

वासिङ्टन डीसी : अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई १० खर्ब डलर भुक्तानी दिने प्रस्ताव कम्पनीको सञ्चालक समितिमा पुगेको छ । सो प्रस्ताव अस्वीकृत भयो भने मस्कले सीईओको रूपमा कम्पनी छाड्न सक्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष डेनहोल्मले सोमबार शेयर धनीहरूलाई पठाएको एक पत्रमा चेतावनी दिएकी छिन् ।

नोभेम्बर ६ मा कम्पनीको साधारण सभा बस्दैछ । रोयटर्समा छापिएको समाचारका अनुसार लगानीकर्ताहरूलाई लेखेको पत्रमा रोबिन डेनहोमले भनिन् कि प्रदर्शन–आधारित यो भुक्तानी योजना कम्तीमा अर्काे साढे सात वर्षसम्म मस्कलाई टेस्लाको नेतृत्वमा राख्नको लागि डिजाइन गरिएको थियो ।

कम्पनीको सफलता र भविष्यको लागि मस्कको नेतृत्व महत्त्वपूर्ण भएको उनले बताएकी छिन् । यो प्रोत्साहन प्याकेज पाएनन् भने मस्कले कम्पनी छाड्न सक्ने र कम्पनीले आफ्नो समय, प्रतिभा र ‘भिजन’ गुमाउन सक्ने उनको भनाइ छ । टेस्लाले कृत्रिम बुद्धिमत्ता (एआई) र स्वचालित प्रविधि विस्तार गर्ने लक्ष्य राखेकोले मस्कको योगदान महत्त्वपूर्ण रहेकोमा उनले जोड दिएकी छिन् ।

प्रस्तावित योजना अन्तर्गत कम्पनीको बजार पुँजीकरण ८५ खर्ब डलर पुर्‍याउनु पर्ने र स्वचालित ड्राइभिङ र रोबोटिक्समा पनि तोकिएको लक्ष्य हासिल गर्नु पर्ने जस्ता महत्त्वाकाङ्क्षी शर्तहरू पूरा गरेभने १२ किस्तामा १० खर्ब डलरको भुक्तानी पाउनेछन् । यो योजनाले कम्पनीको सफलता र शेयरधनीहरूले पाउने फाइदाका आधारमा मस्कलाई पुरस्कृत गर्नेछ । उनले लगानीकर्ताहरूलाई मस्कसँग लामो समयदेखि नजिकबाट काम गरेका तीन निर्देशकहरूलाई पुनः निर्वाचित गर्न आग्रह पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट