Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा ट्राफिक सुधार अभियान : प्रमुख अनिल थापा स्वयं फिल्डमा, नयाँ सोच र नयाँ कार्यशैली कार्यान्वयन !

चितवनमा ट्राफिक सुधार अभियान : प्रमुख अनिल थापा स्वयं फिल्डमा, नयाँ सोच र नयाँ कार्यशैली कार्यान्वयन !

 चितवन : चितवनमा पछिल्ला दिनमा बढ्दो ट्राफिक समस्या समाधानका लागि नयाँ नेतृत्वसँगै नयाँ रणनीति लागू गरिएको छ। केही दिनअघि मात्रै जिल्ला ट्राफिक कार्यालयको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक अनिल थापाले पदभार ग्रहणसँगै ट्राफिक व्यवस्थापनलाई नयाँ ढङ्गले अघि बढाएका छन्। थापा पदभार सम्हालेको छोटो समयमा नै सडकमा सक्रिय देखिन थालेका छन्।

कहिले पुलचोकमा, कहिले सहिदचोक वा नारायणगढ बजार क्षेत्रमा स्वयं खटिएर ट्राफिक जाम हटाउने, सवारी चेकजाँच र सचेतनामूलक संवादमा संलग्न हुने उनी ट्राफिक प्रहरीबीच नेतृत्वको उदाहरण बनेका छन्। जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछि निराश बनेका ट्राफिक प्रहरीहरूमा अहिले पुनः उत्साह फर्किएको छ। प्रमुख थापाको फिल्ड-केन्द्रित कार्यशैलीका कारण ट्राफिक प्रहरीमा ‘नयाँ ऊर्जा’ देखिएको छ।

उनका अनुसार चितवनमा अहिले “ बढी ध्वनी प्रदुषण गराउने बुलेट बाईक कार्वाही नीति, यात्रुमैत्री विशेष अभियान,” “ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम,” र “लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध अभियान” सशक्त रूपमा सञ्चालन भइरहेको छ। थापाले चालक, परिचालक र सर्वसाधारण सबैलाई लक्षित गर्दै नियमित ट्राफिक सचेतना कक्षा, सडक सुरक्षा तालिम, र नियम पालनाका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनलाई तीव्र पारेको बनाएका छन् ।

“सडकमा शिस्त, सवारीमा संयमता र जनचेतनामा निरन्तरता -यी नै सुधारका आधार हुन्,” प्रमुख थापा भन्छन्, “ट्राफिक प्रहरीले आफ्नो भूमिकालाई अझ सक्रिय बनाउँदै छ, तर यसको सफलता नागरिकको सहकार्यमा निर्भर छ।” चितवन ट्राफिक कार्यालयले आगामी दिनमा दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोग, र जनमैत्री सेवा विस्तारलाई प्राथमिकता दिने योजना पनि रहेको जनाएको छ ।

थापाको नेतृत्वमा चितवन ट्राफिक प्रहरीले अहिले “नयाँ सोच र नयाँ कार्यशैली” को सुरुवात गरेको जनाइएको छ । जसको लक्ष्य -सुरक्षित, व्यवस्थित र अनुशासित सडक निर्माण गर्नु हो- थापाले अगाडी थपे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट