काठमाडौँ : अमेरिकाको पेन्सिलभेनियामा अक्सफोर्ड नजिकै रहेको लिंकन विश्वविद्यालयमा शनिबार साँझ गोलाबारी भएको छ । विश्वविद्यालयको होमकमिङ सप्ताहन्तको साँझमा मानिसहरू घर फर्किरहेको बेला गोलाबारी भएको थियो । यस घटनामा १ जनाको मृत्यु भएको छ भने कम्तीमा ६ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीले यस घटनाबारे मुद्दा दर्ता गरेर छानबिन सुरु गरेको छ । लिंकन विश्वविद्यालयमा शनिबार साँझ करिब ९ बजे गोलाबारी भएको थियो । प्रहरीले बन्दुक बोकेको एक जनालाई पक्राउ गरेको जिल्लाका अभियोजनकर्ताले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
अरू पनि आक्रमणकारी हुन सक्ने बताइएको छ । गोलाबारी भएको खबरपछि मानिसहरूले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij