Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अन्तर्राष्ट्रिय सैनिक प्रतियोगितामा नेपाली सेनाको विजय, स्वर्णसहित ‘प्रधानसेनापति प्रशंसा निशान’ प्राप्त

अन्तर्राष्ट्रिय सैनिक प्रतियोगितामा नेपाली सेनाको विजय, स्वर्णसहित ‘प्रधानसेनापति प्रशंसा निशान’ प्राप्त

काठमाडौँ : संयुक्त अधिराज्य बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन प्यारोल अभ्यास–२०२५’ मा सर्वाधिक अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ।

प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच विजेता टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन्।

अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपाली सेनाको गौरव उच्च बनाएको योगदानको कदरस्वरूप नौ जना प्रतियोगी र एक जना व्यवस्थापकसहित कुल दश जना सकलदर्जालाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका अधिकारीहरूको उपस्थिति थियो।

गत असोज १७ देखि २६ गतेसम्म बेलायतको वेल्सस्थित ब्रेकन क्षेत्रमा आयोजित सो अभ्यासमा ३३ राष्ट्रका ११७ टोली सहभागी भएका थिए। नेपाली सेनाको टोलीले चुनौतीपूर्ण सैन्य अभ्यासका सबै विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको थियो।

नेपाली सेनाका अनुसार, यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको पेशागत दक्षता, अनुशासन र साहसिक क्षमताको उच्च प्रदर्शन गरेको प्रमाणित गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट