नारायणगढ : विश्व पोलियो दिवस २०२५ का अवसरमा शुक्रबार भरतपुरमा जनचेतना र्याली निकालिएको छ। रोटरी र रोट्रयाक क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजनामा भएको सो र्याली भरतपुरका विभिन्न क्षेत्र परिक्रमा गर्दै चितवन बिजनेस कम्प्लेक्समा आइ सम्पन्न भएको थियो।
र्यालीका क्रममा पोलियो उन्मूलनसम्बन्धी ब्यानर र सन्देशहरूमार्फत स्थानीय समुदायमा सचेतना फैलाइएको क्लवकी पूर्व अध्यक्ष छाया श्रेष्ठले बताउनुभयो।
सो अवसरमा रोटरी क्लबका अध्यक्ष प्रमेश्वर भण्डारीले पोलियो उन्मूलनमा रोटरीको ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै भने, “पोलियो अन्त्यको यो लामो यात्रामा हाम्रो अभियान निरन्तर जारी रहनेछ।”
त्यस्तै, रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ का को–चियर प्रकाश पौडेलले र्यालीमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सन् १९८५ देखि रोटरीले विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको ‘अब पोलियो अन्त गरौं’ अभियानका कारण हालसम्म पोलियोका घटना विश्वभर ९९.९ प्रतिशतले घटेको पनि आयोजकहरूले जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij