चितवन, सौराहा : सौराहास्थित होटल पार्क साईटमा यस वर्षको भाइटीकालाई विशेष बनाउँदै जनावरमैत्री सन्देश प्रवाह गरिएको छ। होटल पार्क साईटका सञ्चालक शिरलाल परियारकी एक्ली छोरी सालबा परियारले हात्तीलाई भाइटीका लगाएर अनौठो र प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी हुन्।
होटल पार्क साईटले लामो समयदेखि वन्यजन्तु र जनावरमैत्री वातावरणलाई प्रोत्साहन गर्दै आएको छ। सोही सन्दर्भमा सालबाले हात्तीलाई भाइटीका लगाउँदा उपस्थित पर्यटक र दर्शक दुवै दंग परेका थिए।
उनले भनिन्,“हात्ती हाम्रो परिवारको सदस्यजस्तै हो। भाइटीका माया र स्नेहको प्रतीक हो, त्यसैले मैले हात्तीलाई पनि टिका लगाएँ।”
सौराहाको पर्यटन क्षेत्रमा यस किसिमको जनावरप्रेमी व्यवहारले सकारात्मक सन्देश दिएको छ। पर्यटकहरूले पनि नेपाली संस्कृतिको यो अनौठो झल्को नजिकबाट हेर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij