काठमाडौँ : नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै सङ्घले असोज २४ गते अन्तरिम सरकारले न्यूनतम तलब सुविधा लागू गर्न निर्देशन दिए पनि धेरै अस्पतालहरूले बेवास्ता गरेको जनाएको छ ।
सङ्घका अनुसार, सरकारले २०८१ मङ्सिर २७ गते निर्धारण गरेको तलबमान हालसम्म पनि धेरै स्वास्थ्य संस्थाले लागू गरेका छैनन् । स्वास्थ्य क्षेत्रमा पाँचौँ तहको तलबमान रु. ३४ हजारसम्म भए पनि अधिकांश नर्सहरूले अझै रु. १५ हजार तलबमै काम गर्नुपरेको गुनासो गर्दै आएका छन् ।
न्यूनतम तलब सुविधा कार्यान्वयनका लागि देशभरका शिक्षण, सरकारी, निजी र सामुदायिक अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरू आन्दोलित रहेको नर्सिङ सङ्घले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij