Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उडिरहेको विमानभित्र लिथियम ब्याट्रीमा आगलागी

उडिरहेको विमानभित्र लिथियम ब्याट्रीमा आगलागी

एजेन्सी : चीनको एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानको सामान राख्ने डिब्बाभित्र लिथियम ब्याट्रीमा आगलागी भएपछि त्यसको उडानमार्ग परिवर्तन गरिएको छ । फ्रान्स २४का अनुसार, उडान नम्बर सीए–१३९ शनिबार बिहान चीनको हाङ्जाओबाट दक्षिण कोरियाको सियोल नजिकको इन्चेओन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उक्त घटना भएको हो ।

सो क्रममा खिचिएको भिडियोमा यात्रुले क्याबिनका कर्मचारीलाई सहयोगका लागि संकेत गर्दा खुला रहेको सामान डिब्बाबाट धुवाँ र आगो निस्किरहेको देखिन्छ । केही क्षणमै विमानका दुई कर्मचारी अगाडिबाट दौडिँदै आइरहेका र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको दृश्य समेत देखिएको छ ।

एयरलाइन्सले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा विज्ञप्ति जारी गर्दै भन्यो, ‘उडान सीए–१३९ मा एक यात्रुको हातमा बोक्ने झोलाभित्रको लिथियम ब्याट्रीमा अचानक आगलागी भएको थियो ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘कर्मचारीहरूले तुरुन्तै आपतकालीन प्रक्रियाअनुसार आगो नियन्त्रणमा लिए र कसैलाई पनि चोटपटक पुगेको छैन।’ उडान सुरक्षालाई प्राथमिकता दिँदै विमानलाई चीनकै सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणका लागि मार्ग परिवर्तन गरिएको एयरलाइन्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट