विनय कर्ण, सप्तरी : सप्तरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ । शनिबार राति जिल्लाको बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली प्रहारबाट मृत्यु भएको हो ।
त्यहाँस्थित आफ्नो कुट्टीमा एकलै बस्दै आउनुभएका पुजारी साह शनिबार राति करिब २ः१५ बजे कुट्टी अगाडि रहेको बाटोमा पाँच मिनेट गरिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।
साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडमा एउटा वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । घटनास्थलमा दुई थान खोका फेला परेको छ । गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालिएको छ । घटनास्थलबाट भारतको सिमानाका नजिक रहेकाले त्यसक्षेत्रमा चेकजाँचमा कडा पारिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij