Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रहरी निरीक्षक दीपक प्रसाद रिजाल ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

प्रहरी निरीक्षक दीपक प्रसाद रिजाल ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक दीपक प्रसाद रिजाललाई ‘महिनाको उत्कृष्ट प्रहरी’ अवार्डबाट सम्मानित गरिएको छ।

प्रहरी दिवस २०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार आयोजना गरेको विशेष समारोहमा रिजाललाई अवार्ड प्रदान गरिएको हो।

निरीक्षक रिजालले नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोलामा खसेको सुख्खा पहिरोका बेला यात्रुहरूको सहजीकरण र सडक सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, जेनजी आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागारमा बुझाउने तथा आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय टाँडीबाट हराएका हतियार फिर्ता ल्याउने कार्यमा देखाएको साहस र कार्यकुशलतालाई उच्च मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

अवार्ड जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट