Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

डीआईजी ओम रानाले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड

डीआईजी ओम रानाले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड

धनगढी : प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । डीआईजी रानाले सोमबारबाट सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् ।

तालुक कार्यालयबाट सरुवा भई सुदूरपश्चिम प्रदेश आएका डीआईजी रानालाई प्रदेश प्रहरी कार्यालयमा आयोजित समारोहका बीच स्वागत गरिएको थियो ।

पदभार ग्रहण कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

डीआईजी डम्बरबहादुर बिक एआईजीमा बढुवा भएपछि उनको स्थानमा रानालाई खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट