Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरीकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान, बन्धक तथा कैदी आजै मुक्त गर्ने तयारी

अमेरीकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान, बन्धक तथा कैदी आजै मुक्त गर्ने तयारी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन्। गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन।

योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको सीएनएनले जनाएको छ।

ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने र बन्धकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएकोे छ।

यस्तै राष्ट्रपति ट्रम्प इजिप्टमा हुने ‘गाजाको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। त्यहाँ २० भन्दा धेरै देशका नेता उपस्थित हुनेछन्।

संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा ‘वास्तविक प्रगति’ भएको जनाएको छ।

गतको शुक्रवारदेखि खाना पकाउने ग्यास, खाना, औषधि, फलफूल र टेन्ट जस्ता सामग्री गाजामा पठाउन थालिएको छ।

इजिप्टको राफाह नाकामा सयौं राहत सामग्रीका ट्रकहरू गाजातर्फ प्रवेशका लागि तयारी अवस्थामा छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल प्रस्थान गर्नुअघि गाजा युद्ध समाप्त भएको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट