Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हरियाली समाजलाई साढे २२ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

हरियाली समाजलाई साढे २२ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

रत्ननगर :  चितवनको सौराहामा अबस्थित हरियाली समाज नेपाललाई एक विदेशी संस्थाले २२ लाख ५० हजार मुल्य पर्ने स्वास्थ्य उपकरण प्रदान गरेको छ । जर्मनी संस्था अफ्रिका लुज डचल्याण्डले आँखाको उपचारमा प्रयोग हुने रिफ्याक्टोमिटर उपकरण प्रदान गरेको हो ।

हरियाली समाज नेपालको १८औं बार्षिक साधारण सभाको अबसरमा संस्थाकी अफ्रिका लुज डचल्याण्ड नामक संस्थाकी सचिव बारवेलले उक्त उपकरण हरियाली समाजलाई हस्तान्तरण गरेकी हुन् । उक्त उपकरण हरियाली समाजले सञ्चालन गरेको आँखा उपचार केन्द्रमा राखेर प्रयोगमा ल्याइने समाजका महासचिव शिरलाल परियारले जानकारी दिए ।

त्यसैगरी जर्मनी संस्था फ्रिमा अब्तार राडोलसेनले ग्रिन सोसाइटी पब्लिक स्कुललाई १० वटा उपकरण र फ्रिका लुज डचल्याण्डले आँखामा हाल्ने लेन्स र पिपुल फ्रम स्विजरल्याड र कोनीपामेला नामक संस्थाले ५७० वटा चस्मा समाजलाई हस्तान्तरण गरेको छ ।

हरियाली समाज नेपालले साधारण सभाको अबसरमा आइतबार सौराहामा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ । ग्रिन सोसाइटी पब्लिक स्कुल र लायन्स क्लव अफ चितवन सौराहाको सयुक्त आयोजनामा गरिएको शिविरमा २५३ जनाको आँखा परीक्षण गरिएको समाजका महासचिव परियारले जानकारी दिए । शिविरमा आँखा परीक्षण गराएका मध्ये २९ जनामा मोतियाविन्दुको समस्या देखिएकोले शल्यक्रियाको लागि भरतपुुर आँखा अस्पताल लगिएको महासचिव परियारले बताए ।

हरियाली समाजले यातायातको समेत व्यवस्था गरी उनीहरुलाई निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरेको छ । समाजका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा भएको साधारण सभा, उपकरण हस्तान्तरण तथा आँखा परीक्षण शिविर उद्घाटन कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ७ का वडाध्यक्ष सजना महतो, प्रोजेक्ट नेष्ट फाउण्डेशनका म्यानेजर निरज रेग्मी, समाजका कोषाध्यक्ष बासु विडारी, लायन्स क्लव अफ चितवन सौराहाकी अध्यक्ष देवकला भट्टराई, गैंडा पर्यटन सहकारी संस्थाका अध्यक्ष अनिल अर्याल लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट