Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जेनजी युवाको दबाबमा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक मर्मत अघि बढ्यो

जेनजी युवाको दबाबमा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक मर्मत अघि बढ्यो

चितवन, माडी  :  चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मतमा जेनजी युवाहरूको दबाब र वन मन्त्रालयको सहमति पश्चात ठोस प्रगति भएको छ। माडीका जेनजी युवा एवं जनप्रतिनिधिहरूले राजधानीमा केन्द्रित अल्टिमेटम सहितको भेटसम्वादको नतिजास्वरुप, अन्ततः ‘रीउ पुलदेखि देउराली डाँडासम्म ब्लक राखी सडक मर्मत गर्ने’ निर्णय भएको हो।

शुक्रबार काठमाडौंस्थित वन मन्त्रालयमा भएको बैठकमा जेनजी युवा प्रतिनिधिहरूले सडक मर्मतको आवश्यकताबारे प्रस्तुति दिएका थिए। बैठकमा वन मन्त्रालयले रीउ पुलदेखि देउरालीसम्म ब्लक राखी सडक मर्मत गर्न सहमति दिएको जेनजी युवाहरूले जानकारी दिएका छन्। यससँगै, ईआईएको प्रक्रिया फास्ट ट्रयाकमा अगाडि बढाउने, फ्लाइओभर सहितको सडक निर्माण गर्ने योजना पनि अघि बढाउन निर्णय भएको छ।

वन मन्त्रालयको सहमति पश्चात माडी नगरपालिकाले निकुञ्जभित्र सडक निर्माणका लागि विनियोजन गरेको करिब ५ करोड रुपैयाँको बजेट प्रयोग गरी तत्कालका लागि ब्लक राखी सडक मर्मत गर्ने योजना अघि बढाइएको छ। मन्त्रालयले सडक मर्मत गर्दा वन्यजन्तु, तिनको आवतजावत र वासस्थानमा प्रतिकुल असर नपर्ने, साथै रुख र विरुवामा कुनै हानी नहुने गरी ढुंगा र ब्लक प्रयोग गर्न निर्देशन दिएको छ।

यस निर्णयपछि स्थानीय सरोकारवालाहरू र जेनजी युवाहरूले सडक मर्मत र दीर्घकालीन सडक निर्माणको पहल दुवैमा सन्तुष्टि व्यक्त गरेका छन्। यस कदमलाई जेनजी आन्दोलनको प्रभाव र स्थानीय जनताको आवश्यकतालाई सम्बोधन गर्ने सकारात्मक उदाहरणको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट