Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनकाे गीतानगरस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा अण्डा दिवस मनाइयो

चितवनकाे गीतानगरस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा अण्डा दिवस मनाइयो

चितवन :  विश्व अण्डा दिवस २०८२ गीतानगरस्थित श्री सिद्धेश्वर आधारभूत विद्यालयमा विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ। कार्यक्रममा नेपाल पोल्ट्री महासंघका सभापति रामलाल भुषालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि फिजिसियन डा. भोजराज अधिकारी रहे भने विशिष्ट अतिथि महेन्द्र प्रसाद खनाल उपस्थित थिए। अतिथिको रूपमा शहीद समिति व्यवस्थापनका अध्यक्ष भागीरथ तिम   ल्सिना र चितवन–नवलपुर दाना वितरण संघका उपाध्यक्ष नेत्रनारायण आचार्यले पनि सहभागिता जनाएका थिए।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सभापति रामलाल भुषालले अण्डालाई दैनिक आहारमा समावेश गर्नुपर्ने र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यसको महत्वबारे प्रकाश पार्नुभयो। डा. भोजराज अधिकारीले कुपोषण नियन्त्रण र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अण्डा सेवनको महत्व औंल्याए।

महेन्द्र प्रसाद खनालले पोषण र स्वास्थ्य सचेतनाका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे भने भागीरथ तिमल्सिना र नेत्रनारायण आचार्यले विद्यालय र समुदायबीच सहकार्यले पोषण सचेतना प्रभावकारी हुने धारणा राखे।

विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूको स्वास्थ्य र पोषण सुधारका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई अण्डा वितरण गरियो र सचेतनामूलक प्रस्तुति तथा अन्तरक्रियामार्फत दिवसको महत्व उजागर गरिएको थियो। विश्व अण्डा दिवस हरेक वर्ष अक्टोबरको दोस्रो शुक्रबार विश्वभर मनाइन्छ र नेपालमा पनि यसैगरी कार्यक्रमका साथ मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट