Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लुम्बिनी प्रदेशमा अझै ६९० कैदीबन्दी फरार

लुम्बिनी प्रदेशमा अझै ६९० कैदीबन्दी फरार

बुटवल : गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशमा फरार रहेका ८७९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी शारदा प्रसाद चौधरीले आज सो कुराको जानकारी दिएका हुन् ।

उनले एक महिनाको अवधिसम्म फरार रहेका १५६९ जनामध्ये ८७९ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले अझै ६९० जना फरार रहेको समेत बताए । भदौ २४ गते नवलपरासी, कपिलवस्तु, दाङ र बाँके जिल्लाबाट कैदीबन्दीहरु फरार रहेका थिए । चौधरीले भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट