Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पिताका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

पिताका लागि नोबेल शान्ति पुरस्कारको मागबारे के भन्छन् ट्रम्पका छोरा ?

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको आस गरेर बसिरहेका छन् । एक पटक होइन, बारम्बार उनले आफूले कयौँ युद्ध रोकेको अनि दुई वटा युद्धविराम गरेको भन्दै आफूले पुरस्कार पाउनुपर्ने भनेका छन् ।

उनका छोरा एरिक ट्रम्पले पनि पिताको समर्थन गर्दै नोबेल पुरस्कारको माग गरेका छन् । पिताको समर्थनमा एरिकले माइक्रोब्लगिङ वेबसाइट एक्समा अभियान नै चलाइरहेका छन् । ‘यदि तपाईंलाई लाग्छ कि डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारको योग्य छन् भने, कृपया रिट्वीट गर्नुहोस्,’ पोस्टमा उनले लेखेका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपतिले फेरि एक पटक नोबेल शान्ति पुरस्कारको माग गरेका थिए । पूर्वराष्ट्रपति बाराक ओबामालाई केही कामै नगरी नोबेल शान्ति पुरस्कार प्रदान गरिएको पनि उनले सो अवसरमा उल्लेख गरेका छन् ।

‘ओबामाले केही नगरेको कारण नोबेल शान्ति पुरस्कार प्राप्त गरे’ उनले भनेका थिए । ओबामाले पुरस्कार त पाएको तर किन पाए भन्ने कुरा आफूलाई थाहा नभएको ट्रम्पको भनाइ थियो । शुक्रबार नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट