जनकपुरधाम : नेपाली कांग्रेसका नेता तथा मधेस प्रदेशसभा सदस्य राम सरोज यादवले एमालेसँगको सत्ता सहकार्य कांग्रेसका लागि घातक हुने चेतावनी दिएका छन् । मधेस प्रदेशमा सरकार गठनका लागि एमाले र जनमत पार्टीको समर्थनमा कांग्रेसले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेपछि नेता यादवले एमालेसँगको गठबन्धनको विरोध गरेका हुन् ।
उनले भने, ‘एमालेसँग सरकार गठन गर्नु हुँदैन, त्यस पक्षमा हामी शुरु देखिनै छौं । संसदीय दलको आगामी बैठकमा यस विषयमा आफ्ना धारणा स्पष्ट रूपमा राख्नेछौँ ।’ यादवले केन्द्रमा एमालेसँगको सहकार्यका कारण कांग्रेसले पहिले नै ठुलो राजनीतिक क्षति बेहोरेको दाबी गर्दै भने, ‘यदि मधेस प्रदेशमा पनि एमालेसँग सरकार गठन भयो भने काँग्रेसलाई थप घाटा हुनेछ ।’
यसअघि कांग्रेसका नेता शेखर कोइरालाले समेत एमालेसँगको सहकार्य अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij