

क्यान्सरको उपचार शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी विधिबाट गरिने अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास ठाकुरले बताउनुभयो । उहाँले यी तीन वटै सेवा यहाँ उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीसँग रेडिएसन दिने अत्याधुनिक उपकरण रहेको छ । यसलाई भेरियन कम्पनीको ट्रुबिन भनिन्छ । यसले सबै किसिमका क्यान्सरको उपचार गर्न मिल्दछ । सबै खालका क्यान्सरको उपचारमा रेडिएसन दिएर यही खत्तम गर्न सक्ने खालको प्राविधिक क्षमता यो मेसिनमा छ ।”
यस्तो खालका अरु मेसिनमाभन्दा यसमा विशेष किसिमको काउच भएको भन्दै अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. ठाकुरले भन्नुभयो “जुन ६० काउचको हो । यो हरेक कोणमा चल्न सक्छ ।” आफूहरुसँग ब्रेकिथेरापी मेसिन पनि रहेको भन्दै उहाँले थप्नुभयो “रेडिएसन दिने दुई वटा प्रविधि हुन्छ, एउटा बाहिरबाट अर्काे भित्रबाट । ब्रेकिथेरापीले भित्रबाट रेडिएसन दिन्छ । एउटा ट्यूबको माध्यमबाट रेडियो एक्टिभ सोर्स बिरामीको क्यान्सर लागेको भित्रै अंगमा पु¥याएर थेरापी गर्दछौं ।” अस्पतालका सर्जन डा. विशाल आचार्यले स्तन क्यान्सर पहिचान भईसकेपछि तीन वटै विधाका चिकित्सकहरु छलफल गरेर कुन विधिबाट उपचार गर्दा उत्तम हुन्छ सोही अनुसार उपचार प्रक्रिया शुरु गरिने बताउनुभयो ।
CMC अस्पतालले आगामी दिनमा जनस्तरमा स्तन क्यान्सर सम्बन्धी सचेतना फैलाउने र नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जानकारी दिएको छ। अस्पतालले आम महिलाहरूलाई समयमै परीक्षण गराएर आफ्नै स्वास्थ्यप्रति सजग हुन आग्रह गरेको छ। विशेषज्ञहरूले यस रोगको रोकथामका लागि स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न, पौष्टिक आहार लिन, र धूम्रपान तथा मद्यपान जस्ता स्वास्थ्य जोखिम कम गर्न आवश्यक रहेको बताएको कुरा पनि कार्यक्रममा जोड दिइयो।
स्तन क्यान्सरको समयमै पहिचान, उचित निदान र प्रभावकारी उपचारमा पहुँच भएमा गुणस्तरीय जीवन जिउन सघाउ पुग्ने चिकित्सकहरु बताउँछन् । अहिले स्तन क्यान्सर देखिएको प्रकृति यथावत रह्यो भने, सन् २०५० सम्ममा स्तन क्यान्सर हुने दर र मृत्यु दर ४० प्रतिशतले बढ्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

अस्पतालले स्तन क्यान्सरबारे जनचेतना फैलाउने अभियानलाई निरन्तरता दिने लक्ष्य लिएको छ र महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवारीपूर्ण बन्न प्रेरित गर्ने उद्देश्य राखेको छ। यस वर्ष (Every Story is Unique, Every Journey Matters) “हरेक कथा अद्वितीय छ, हरेक यात्राको अर्थ छ” भन्ने नाराका साथ दिवस मनाईएको छ । स्तन क्यान्सर विश्वभरका महिलामध्ये सबैभन्दा धेरै देखिने क्यान्सर मध्येमा एक हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा झन्डै २.३ मिलियन महिलाहरूमा स्तन क्यान्सरको निदान भयो र ६.७ लाख महिलाहरूको मृत्यु भयो ।
क्यान्सर रोगको उपचारमा लामो अनुभव प्राप्त मेडिकल अंकोलोजिष्ट, सर्जन अंकोलोजिष्ट र रेडियोलोजिष्ट लगायतको जनशक्ति रहेको भन्दै देवकोटाले स्वास्थ्य बीमा मार्फत् क्यान्सरको उपचार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकार र प्रदेश सरकारहरुले दिने विपन्न उपचार सेवाबाट पनि क्यान्सरको उपचार हुने गर्दछ ।” सरकारी क्यान्सर अस्पतालको दररेटमा नै क्यान्सरको उपचार शुल्क तोकेका भन्दै देवकोटाले जसले गर्दा सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चमा नै यहाँ गुणस्तरीय र झन्झिटरहित तरिकाबाट सेवा पाउन सकिने बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij